स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ । मन्त्रिपरिषदको गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो…