नेपाल हैजाको उच्च जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार (आज) पञ्चवर्षीय तथा सम्बोधन योजना सार्वजनिक गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्यले आगामी दिनमा सरकारी तथा गैह्रसरकारी संस्थाकालागि हैजा नियन्त्रणसम्बन्धी काम गर्न…