Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


दलित बस्तीमा फैलिएको झाडापखाला नियन्त्रणमा


0
Shares

झाडापखालाका कारण स्थानीय रामउदगर सदायकी १० वर्षीया छोरी कविता सदायको मृत्यु हुनाका साथै अन्य १० जना बिरामी परेका थिए । घटनाबारे थाहा पाएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरी बिरामीलाई गाउँकै स्कुलमा राखेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए ।

विगत तीन दिनदेखि दलित बस्ती नजिकैको विद्यालयमा शिविर चलाएर बिरामीको उपचार गर्‍यौँँ, अहिले झाडापखाला नियन्त्रणमा आइपुगेको छ, प्रमुख डा दासले भने, ‘खानेपानी र सरसफाइको हेलचक्राइँका कारण बस्तीमा झाडापखाला फैलिएको थियो, यसबारे म आफैँ पनि गाउँ पुगेर स्थानीयलाई सम्झाएर आए ।’

झाडापखालाका कारण सदामादेवी साह, कविता सदाय, ललितादेवी सदाय, रेश्मा सदाय, राजेन्द्र सदायकी पाँच वर्षीया छोरी सुनिता सदाय, रमेश सदायकी चार वर्षीया छोरी राधिका सदाय, उषा सदाय, भुल्लु सदाय, श्रीप्रसाद सदायकी ६ वर्षीया छोरी मधु सदाय र विवेकान्त वैरागीलगायत बिरामी परेका थिए । (रासस)

Skip This