Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते


0
Shares


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो ।

यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् ।

अखिलेशको अवस्था गम्भीर छ । निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ ।

Skip This