Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एकैदिन थपिए १२४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार २९ संक्रमणमुक्त भएका छन् ।