काठमाडौं । नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप दिइँदैछ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको खोप…