काठमाडौं । कार्यवहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई थियो । आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै कार्यबहाक राष्ट्रपति यादवले आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जु गर्न…