विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्रांगणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरिदिएको छ । टोलीले सो फर्मेसीको दर्ता प्रमाणपत्रको नवीकरण तीन महिनादेखि नभएको, मूल्य नियन्त्रणभित्र पर्ने ग्रासिड नामक औषधि रु…