Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


गम्भीर अवस्थामा पुगेकी आशा सार्कीको हेलिकोप्टरद्वारा उद्धार

यही साउन १४ गते डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत् सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दायाँ खुट्टामा ढुंगाले लागेर भाँच्चिएका कारण गम्भीर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो । भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उनको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्लाबाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिए ।…