मौसममा आएको परिवर्तनसँगै जिल्ला अस्पतालमा मात्रै दैनिक १ सय ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । जिल्लाका बसन्तपुर र संक्रान्तिबजारमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र साथै सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे र जिरिखिम्तीलगायत गाउँका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका बिरामीको संख्या उच्च रहेको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले जानकारी दिए ।…