बेनी, चैत १४ । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गरिन् । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११…