प्रज्ञा तिमल्सिना र सुन्दर तामाङ (इमेज) काठमाडौं, वैशाख ३१ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाहीकी बालिका आकृतिकुमारी साहका आफन्तले न्याय खोज्दै दिनहुँ विभिन्न निकायहरुमा धाइरहेका छन् । उनीहरुले मेडिकल काउन्सिलदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घटना छानबिनका लागि हारगुहारसमेत गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले…