काठमाडौं, चैत २५ । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुले गरेको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरु विगत चार दिनदेखि बन्द छन् । चिकित्सकहरुले आकस्मिकबाहेक अरु सेवा छाड्दा यसको प्रत्यक्ष मार भने बिरामीहरुलाई परेको छ । देशभरका १४ सय सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्दा बिरामी मर्कामा परेका छन् । कर्मचारी समायोजनले ८ देखि ११औं तहसम्मका…