काठमाडौं, फागुन ८ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गन्डकी मेडिकल कलेजले अवैधरुपमा विद्यार्थीसित चर्को शुल्क लिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले सरकारले आफैंले तोकेकोभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेज सन्चालकलाई फौजदारी मुद्दा लगाउन मागसमेत गरेका छन् । यस्तै, भ्रष्टाचारको आरोप लागेका संवैधानिक निकायका पदाधिकारीहरुलाई कारबाहीको…