धादिङ, जेठ ३१ । धादिङको नीलकण्ठ नगरपालिका–११ को सिम्लेको आले भन्ने ठाउँमा पास्नीको भोज खाँदा एकै गाउँका ३० जनाभन्दा धेरै बिरामी परेका छन् । बुधवार पास्नीको भोज खाएर घर फर्केपछि बेलुकादेखि नै सामान्य ज्वरो आउने, पसिना धेरै आउने, वाक वाक लाग्ने, पेट दुखेर बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो । भोजमा मासु खाएका…