काठमाडौं, चैत १७ । भूकम्पपछि ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको रक्तसञ्चार केन्द्र आजदेखि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालिमाटी परिसरमा सरेको छ । थाइल्यान्ड सरकारको १ करोड ७५ लाख रुपैयाँको सहयोगमा भवन निर्माण गरिएको हो । रक्तसञ्चार केन्द्र १ बर्षसम्म कालीमाटीबाट सञ्चालनमा आउने छ । रक्तदान गर्न र रगत लिन आउनेलाई सहज होस् भन्ने उद्देश्यले…