काठमाडौं, चैत २६ । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको सेवाप्रवाह बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले सरकारी अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प हुँदा घाइते तथा बिरामीहरुको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको भन्दै आपत्ति जनाएको हो । पेसागतरुपमा देखिएका असन्तुष्टिलाई…