काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सीधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न…