Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


दुर्गमबस्तीमा पूजा प्रतिष्ठानको स्वास्थ्य शिविर, २५० लाभान्वित

-सन्दीप पौड्याल, ईमेज ।  मकवानपुर । नेपाल पूजा प्रतिष्ठानले मकवानपुरको भीमफेदी–६ चिसापानी गढीमा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार बटुक भैरव प्राथमिक बिद्यालयमा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा दुर्गम भेगका २५० बासिन्दाले स्वास्थ्य लाभ उठाएका थिए । शिविरमा काठमाडौंका बिभिन्न अस्पतालका १२ जना वरिष्ठ चिकित्सकहरुले निशुल्क सेवा प्रदान गरेका थिए । शिविरमा…