काठमाडौं, चैत १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ । सोमबार मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको स्वास्थ्य अवस्था र 'क्वारेन्टाइन'मा बसे/नबसेको जानकारी राख्न लिखित विवरण संकलन गरिएको जानकारी दिए । यस्तै, कोरोनाभाइरस संक्रमतिहरुका परिवार, आफन्त र सम्पर्कमा…