काठमाडौं, चैत २२ । नेपालमा शनिबार थप तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीनजनामा कोरोनाको संक्रमण भएको पुष्टि गरे । प्रवक्ता डा. देवकोटाकाअनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखन्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि…