डडेल्धुरा । सुदुरपश्चिममा चार जनामा कोरना भाइरसको संक्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाको पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा.जगदीशचन्द्र विष्टले बताए । उनले स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण देखिएसँगै…