सर्लाही, चैत २६ । कोरोनाभाइरसको जोखिम नियन्त्रण तथा उपचारको लागि सर्लाहीको मलंगवामा १५ शय्याको ‘आइसोलेटेड बेड’ तयार पारिएको छ । ‘आइसीयू’ र भेन्टिलेटर उपकरणबिना नै आइसोलेटेड बेड तयार पारिएको हो । जिल्ला अस्पताल परिसरमा निर्माण गरिएको आइसोलेटेड बेडमा उच्च ज्वरो आएका अर्थात् कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचार गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले…