काभ्रे, वैशाख २ । काभ्रेमा ‘र्यापिड’ परीक्षणको क्रममा दुईजनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ । मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका एक र मण्डनदेउपुर नगरपालिकाका एकजनामा र्यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । बेथानचोकका युवा चैत ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट…