काठमाडौं, वैशाख ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणमा नयाँ संक्रमित नभेटिएको जनाएको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मुलुकभरि पछिल्लो २४ घन्टामा ‘पीसीआर’ प्रविधिबाट ३२४ र ‘आरडीटी’मार्फत् २१ सय ६८ जनामा कोरोना परीक्षण गर्दा नयाँ ‘पोजिटिभ केस’ नदेखिएको जानकारी दिए । प्रवक्ता डा.…