रसुवा, वैशाख १ । रसुवामा ‘र्यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाभाइरसको संक्रमण परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट पठाएपछि रसुवा जिल्ला अस्पताल तथा जिबजिबेस्थित जिबजिबे ग्रामीण अस्पताल भवनमा परीक्षण सुरु गरिएको हो । आइतबार सातजनाको परीक्षण गरिएकोमा सबैको ‘रिपोर्ट निगेटिभ’ पाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अभुकुमार यादवले जानकारी दिए । यस्तै, रसुवा…