कैलाली, बैशाख १० । कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुन् । भारतको उत्तराखण्डमा काम गर्दै…