काठमाडौं, वैशाख १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि सरकारसँग भएको स्रोत–साधनले सक्ने काम गर्ने बताएका छन् । सोमबार भिडियो सन्देशमार्फत् नयाँवर्षको शुभकामना दिँदै मन्त्री ढकालले आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । कोरोनाको उपचार खर्च सरकारले नै व्यहोर्ने भन्दै मन्त्री ढकालले कोरोनाका कारण अस्पतालका अन्य सेवाहरु भने नरोकिएको दाबी…