काठमाडौं, वैशाख १४ । रक्त क्यान्सरले मृत्यु भएकी वीरगञ्जकी २३ वर्षीया युवतीको पिसिआर जाँचमा नेगेटिभ आएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटकसम्म कोरोनाको एन्टिबडी देखिएको उनको पिसिआर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको हो । हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका हुन्…