काठमाडौं, जेष्ठ २ । काठमाडौं उपत्यकामा कोरोना (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ३३४ जनाको पिसिआर (पोलिमेयर…