काठमाडौं, वैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोनाभाइरसको लक्षण देखिएका वा ‘क्वारेन्टाइन’मा बसेका महिलाहरुले आफ्ना सन्तानलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्तनपानका कारण बालबालिकामा कोरोना संक्रमण सरेको कुनै अध्ययनहरुले पनि नदेखाएका कारण सुरक्षा अपनाएर स्तनपान गराउन आग्रह गरे । यस्तै,…