काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।…