ललितपुर, असार २ । गोदावरी नगरपालिका—११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ । प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिए । उनले भने, “जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ…