कञ्चनपुर । सरकारले कोरोनाको माहामारीका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेपनि कञ्चनपुरका स्वास्थ्यकर्मीहरु भने महिनौदेखि तलब पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले समयमै तलब निकासा नगरेपछि स्वास्थ्यकर्मीहरु महिनौदेखि तलब बिना नै महामारी विरुद्ध खटिएका छन् । जेठ १५ मा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत् महामारी नियन्त्रण तथा रोकथाममा खटिने…