सुनसरी, जेठ २७ । धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण देखापरेको छ । धरान–२० का १९ वर्षीय भूपाल तामाङलाई डेंगीरोग देखापरेको हो । डेंगीले थलापरेका उनी विजयपुर अस्पताल धरानमा उपचारका लागि भर्ना भएका छन् । तामाङको अवस्था सामान्य रहेको जनाइएको छ । एक महिनाअघि धरान–७ स्थित सन्ध्या इन होटलका सवारीचालक दीपक क्षेत्रीमा पनि डेंगीको संक्रमण देखिएको थियो…