काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५०० देखि ७०० कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंकाअनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७०० जना कर्मचारीको…