लमजुङ । लमजुङमा कोरोना संक्रमित निको हुने दर बढेको छ । ६४ जनामा कोरोना संक्रमण देखिएकोमा ४४ जना निको भएर घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ्ले ७ महिला र ३७ पुरुष गरी ४४ जना संक्रमित निको भएर घर फर्कीएको जनाएको छ । संक्रमित २० पुरुषको आइसुलेसनमा उपचार भैरहेको छ । पिसिआर परिक्षण गरिएका…