Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


क्वारेन्टिनमा बसेका सबैको पिसिआर परिक्षण गर्न निर्देशन


0
Shares

बैतडी, असार २९ । भारत तथा तेस्रो मुलकबाट फर्केर क्वारेन्टिनमा बसिरहेका सुदूरपश्चिमका सबै नागरिकको कोरोना परिक्षण गरिने भएको छ ।

प्रदेशका विभिन्न क्वारेन्टिनमा बसिरहेकाहरूको पिसिआर परीक्षण गरिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

भारत तथा तेस्रो मुलकबाट आएर यहाँका क्वारेन्टिनमा बसेका सबैको पिसिआर परीक्षणका लागि स्वाबको नमूना पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा अहिलेसम्म ३ हजार ९ सय जनामा कोरोना पुष्टि भएको छ ।