लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १३ । पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शनिबार ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । अस्पताल र क्वारेन्टिनहरुमा डिसइन्फेक्सन छर्कने ५३ वर्षीय पुरुष…