Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् बिरामीको मृत्यु

रुपन्देही, साउन ३१ । कोरोनाभाइरस संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत् बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । फोक्सोमा समस्या देखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।…