वीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको पीसीआर परीक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । संक्रमित हुनेहरुमा ५ वर्षीया बालिकासहित ८६ वर्षका वृद्धसमेत रहेको…