गलेश्वर, भदौ २५ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमितलाई अस्पतालमा पुर्याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लोपटक कोरोना सङ्क्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजान बाकस निर्माण गरेको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको…