काठमाडौं, भदौ १६ । केन्द्रीय कारागारका एकजना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । उनमा क्षयरोग र मानसिक समस्यासमेत रहेको कारागार प्रशासनले जनाएको छ । यही भदौ १० गते स्वाब संकलन गरिएका उनको…