Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नवलपरासी जिल्ला अस्पतालको सेवा प्रतीक्षालयबाट

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल बाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल गौतमले बताउनुभयो । बिहान १० बजेदेखि चार बजेसम्म अस्पताल बाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उहाँले बताउनुभयो…