चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु • Image Khabar Image Khabar


चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


Imagekhabar
२५ भाद्र २०७७, बिहीबार १५:२२

चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

चितवन, भदौ २५ । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा बिहीबार उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक÷एक जना रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्