१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विहान उठ्नेवित्तिकै किसमिस पानी पिउँदा फाइदै फाइदा


0
Shares

काठमाडौं । विहान उठ्नेवित्तिकै हामी चिया पिउने गर्छौं । कतिपयले दूध चिया पिउँछौं । दुध चिया पेटका लागि विष जस्तै मानिन्छ ।

तर खाली पेटमा पानी वा किसमिसको झोल पिउँदा फाइदा पुग्ने गरेको डाक्टरहरुले पुष्टि गरेका छन् ।

किसमिसको झोल पिउनुस्, कलेजो र किड्नी सफा हुनेगर्छ । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पाइन्छ ।

साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।

किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोग गर्ने चलन नै छ ।

किसमिसिको पानी लगातार चार दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् ।

किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ ।

किसमिस पानी दुई कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।

किसमिस पानी तयार पार्ने विधि :

एउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् ।

बिहान पानीलाई छानेर दोस्रो चोटी आगोमा हल्का तताएर खाली पेटमा पिउनुहोस ।

त्यसपछि २० देखि ३५ मिनेट पर्खेर मात्र नास्ता गर्नुहोस् । यस्तो धेरैदिनसम्म गर्नुपर्छ ।