Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


संघियता आवश्यक छ तर बोझिलो भयो : स्वास्थ्यमन्त्री पौडेल


793
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ ।

बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गर्नुभयो । उहाँले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गर्नुभयो । उहाँले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै सङ्घीयता चल्ने बताउनुभयो ।