Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कोसी अस्पतालमा उपचाररत पुरुषको मृत्युपछि कोरोना पुष्टि

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आइसोलेशनका संयोजक चिकित्सक लक्ष्मीनारायण यादवका अनुसार विराटनगर–६ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । संयोजक डा. यादवका अनुसार बिरामीमा उच्चरक्तचाप र मधुमेहको समस्या थियो । उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि हिजो कोसी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।…