झापा/अछाम । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–९ निवासी ४४ वर्षीय पुरुषको उपचाका क्रममा मृत्यु भएको हो । पीसीआर परीक्षणपछि रिपोर्ट आएकै दिन उनको गएराति मृत्यु भएको कनकाई नगरपालिका–९ का वडाअध्यक्ष प्रेम राजवंशीले बताउनुभयो । झापामा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ…