काठमाडौं । विहान खाली पेटमा एलोभेरा(घिउकुमारी)को जुस पिउनु स्वस्थ्यकर मानिन्छ । विज्ञ तथा ब्यूटिसियनहरु छालाको त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मान्छन । एलोभेराको जुस पिउने गर्नाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ । एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।…