बैतडी । बैतडीको डिलाशैनी गाउँपालिक स्थित सिमार प्रहरीचौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी चौकीमा एकै पटक १० जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको छ…